सोमबार, माघ १९, २०८२

काठमाडौँ २९ मा सिर्जना एक मतले अगाडि, कस्को कति मत ?

मेरोन्यूज २०७९ जेठ ३ गते १९:५९

काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २९ मा सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंह अगाडि रहेकी छन् । उनले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई एक मतले पछि पार्दै अग्रता लिएकी हुन् ।

यस वडामा डिल्लीबजार क्षेत्र पर्दछ । कूल सय मत गणना हुँदा सिर्जनाले ३३ मत पाएकी छन् । यस्तै, स्वतन्त्र उम्मेदवार शाहले ३२ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० मत मात्रै पाएका छन् ।

समग्रमा बालेनले १२ हजार ८७७ मत, केशवले ६ हजार ८७८ मत र सिर्जनाले ५ हजार ५९७ मत पाएकी छन् ।

प्रतिक्रिया