मत गन्नै बाँकी छ, जित्ने अझै आशा छ : सिर्जना सिंह

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहले महानगरको मेयरमा आफुले जित्ने आश अझै बाँकी नै रहेको बताएकी छन् । मतगणना गरेको ५ दिनपछि राष्ट्रिय सभा गृहको मतगणनाको निरीक्षणका लागि पहिलो पटक पुगेकी सिंहले मतगणनासथलबाट बाहिरिने क्रममा अझै आफुले आश मारिनसकेको बताएकी हुन् ।
उनी अहिले सममको मतगणनामा तेस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालने शाह उनी भन्दा १० हजार बढी मतले अगाडी छिन् । उनी अगाडी एमाले उम्मेदवार केशव स्थापित छन् ।
‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ सिंहले भनिन्, –‘यो भन्दा राम्रो पनि हुनुपर्थ्यो, केही ठाउँमा राम्रो आइरहेको छ, केहीमा नराम्रो भएको छ । तर धेरै मत गन्न बाँकी छ, अहिले नै निष्कर्षमा पुगिहाल्न मिल्दैन ।’
देशभरी पहिलो दल हुँदा काठमाडौंमा कांग्रेस पछाडि पर्नुमा आफू अच्चमित बनेको उनले बताइन् । आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्ने भन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नु हुन्छभन्ने् आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु ।’
















सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया