एमालेले ‘बुथ कब्जा’ गरी फर्जी मत हालेको कांग्रेसको आरोप
काठमाडौँ । नेपाली कांग्रेसले नेकपा एमालेका कार्यकर्ताले ‘बुथ कब्जा’ गरी फर्जी मत हालेको भन्दै पुनः मतदान गर्न माग गरेको छ । बाजुराको बूढीगंगा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा एमालेका कार्यकर्ताले ‘बुथ कब्जा गरी’ फर्जी मत हालेको कांग्रेसको आरोप छ ।
कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै एमालेका कार्यकर्ताले आफ्नो पार्टीका उम्मेदवार र प्रतिनिधिलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखी फर्जी मत हालेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौती दिँदै एमालेका तर्फबाट उक्त नगरपालिकामा भएको बाहुबलको प्रयोग र बुथ कब्जा जस्तो अलोकतान्त्रिक कार्य भएको भन्दै कांग्रेसले निन्दा र भत्र्सना गरेको हो ।
‘निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको स्पष्ट छ,’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजीनामा दिएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरू बुझ्न बाध्य पारिएकाले नगरपालिकामा भयरहित वातावरणमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन नसकेको कांग्रेसले जनाएको छ ।
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया