३० वर्षपछि विदुरमा तोडियो एमालेको गढ, मेयरमा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ ६ गते २१:४७
नुवाकोट । जिल्लाको विदुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । तीन दशकसम्म एमालेले जितेको उक्त नगरपालिकामा गठबन्धनको बलमा कांग्रेसका उम्मेदवार मेयरमा विजयी भएका हुन् ।
कांग्रेसका राजन श्रेष्ठ मेयरमा विजयी हुँदा उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएकी छन् । मेयरमा निर्वाचित श्रेष्ठले १४ हजार ३१६ मत ल्याएका थिए । मेयरमा नेकपा एमालेका उम्मेदवार सन्जु पण्डितले १० हजार ७०४ मत ल्याएकी छन् ।
उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी उम्मेदवार बोगटीले ११ हजार ६०६ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अम्बिका नेपालले १० हजार ५४४ मत ल्याइन् ।
उक्त नगरपालिकामा ३० वर्षपछि पहिलोपटक एमालेको गढ तोडिएको हो ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया