मुस्ताङमा ‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता सुरु (तस्वीरसहित)

मुस्ताङ । नेपाली सेनाको आयोजनामा मुस्ताङको जोमसोममा ‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ (1st COAS International High Altitude Tri-Adventure Competition 2079) सुरु भएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको प्रतियोगितामा स्वदेश तथा विदेशका गरी २३ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत क्लाइम्बिङ, रनिङ र साइक्लिङमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीले प्रतियोगितामा २० दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्छ ।
पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिने प्रमुख सेनानी उज्जवल केसीले जानकारी दिनुभयो ।
त्यस्तै महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।




(नेपाल न्युज बैंक)
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया