एक लाख मत गणना हुँदा पोखरा प्रमुखमा एमालेभन्दा नेकपा एस अगाडि
मेरोन्यूज
२०७९ जेठ ८ गते ८:०६

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत जारी मत गणनामा पोखरा महानगरको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म एक लाख एक हजार १२१ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४० हजार ४३४ मत पाएका छन् ।
त्यसैगरी एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ३७ हजार १७४ मत पाएका छन् । गठबन्धनका आचार्यले तीन हजार २६० मतान्तरसहित अग्रता हासिल गरेका छन् ।
उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ ४२ हजार ३१६ मतसहित अघि रहेकी छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४० हजार ७०४ मतसहित उनलाई पछ्याइरहेकी छन् ।
सम्बन्धित
















सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
चुनावी घोषणापत्र छिट्टै प्रकाशन गर्ने नेपाली कम्युनिष्ट पार्टीको निर्णय
टी-२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग भिड्दै
निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
गैरबैङ्किङ वित्तीय संस्थाका लागि छुट्टै नियामक निकाय गठन गरिने
प्रतिक्रिया