रुसी प्रतिबन्धमा अमेरिकी राष्ट्रपति बाइडेन परे डोनाल्ड ट्रम्प परेनन्

मस्को । रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेनसमेत रहेका छन् ।
त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् । रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति डोनाल्ड्र ट्रम्पको नाम समावेश छैन ।
आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए ।
पछिल्लो सूचीलाई रुसले पश्चिमी प्रतिबन्धविरुद्ध बदला लिने प्रतीकात्मक कदमको रूपमा हेरिएको छ । सूचीमा अब रुस प्रवेशमा स्थायी रूपमा प्रतिबन्धित ९६३ अमेरिकी समावेश छन् ।
युक्रेन आक्रमणको पूर्वसन्ध्यामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो । अप्ठ्यारो प्रतिबन्धले रुसी अर्थतन्त्रलाई कठिन बनाएको छ । अमेरिकी प्रतिबन्ध युक्रेनमा थप रुसी कारबाहीविरुद्धमा अवरोध सिद्ध भएका छन् ।
अद्यावधिक गरिएको सूचीमा अमेरिकी सिनेटर र प्रतिनिधि सभाका सदस्यको बहुमत छ । यसमा वर्तमान र पूर्वसरकारी अधिकारी, पत्रकार र थप विषय पनि उल्लेख छ ।
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया