मनोज पाण्डेले ‘यौन शोषण’ गरेको भन्दै तिन पीडित पुगिन प्रहरीको सम्पर्कमा

काठमाडौं । प्रहरी हिरासतमा रहेका सौन्दर्य प्रतियोगिता आयोजक मनोज पाण्डेविरुद्ध एक युवतीले बलात्कार गरेको आरोप लगाएका छन् भने दुई युवतीले ‘बलात्कार प्रयास’को आरोप लगाएका छन् ।
२०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक सौन्दर्य प्रतियोगीता आयोजना गरेका मनोजले प्रतियोगीतामा सहभागीलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कारमा परेका युवतीले सामाजिक संजालबाट मनोजले बलात्कार गरेको आरोप लगाएपछि पाण्डे सनिबार पक्राउ परेका थिए ।
प्रहरी हिरासतमा रहेका पाण्डेविरुद्ध बलात्कारसम्बन्धी थप दुई आरोप लागेको छ । आइतबार दुई युवतीले पाण्डले बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएका हुन् । दुई युवतीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरेर आफूपनि मनोजबाट पीडित भएको बताएका छन् ।
अपराध अनुसन्धान कार्यालयका अनुसार सम्पर्कमा आएका दुईजना पीडितले मनोजले ‘बलात्कार प्रयास’ गरेको दावी गरेका छन् ।
बुधवार साँझ बलात्कारमा परेका युवतीले भिडियो सार्वजनिक गरेपछि कारवाहीको माग गदै दैनिकजासो प्रदर्शन भइरहेको छ । यसैक्रममा मनोजलाई प्रहरीले सनिबार पक्राउ गरेको थियो ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया