बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २-० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयो ।
बार्सिलोनाले ला लिगा च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो । बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो ।
बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ ।
त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २(१ ले हरायो । सेभियाले पनि सिजनको सुखद अन्त्य गर्ने क्रममा एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्यो ।









आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया