इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ
दाङ । जिल्लामा इँट्टालाई सुन भनेर बिक्री गर्न खोज्ने पाँच जना पक्राउ परेका छन् । तुलसीपुरको एक होटेलमा दुई वटा इँट्टा सुन भनेर सर्वसाधारण नागरिकलाई बिक्री गर्न खोज्ने दाङ, सल्यान र दार्चुलाका युवाहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दाङको राजपुर गाउँपालिका ६ खांग्रा नाकाका २६ वर्षीय राजकुमार बुढा, सोही ठाउँका २४ वर्षीय प्रकाश खड्का, सल्यानको शारदा नगरपालिका १ का ४९ वर्षीय सावित्रा बुढाथोकी, कुमाख गाउँपालिका १ का ३० वर्षीय गीता बुढा र दार्चुलाको व्यास गाउँपालिका २ का २३ वर्षीय सुरेन्द्र सिंह धामी रहेका छन् ।
पक्राउ परेकाको साथबाट दुई थान इँट्टाको टुक्रा, हरियो रंगको जेब्रा झोला र सुनजस्तो देखिने पहेँलो धातुको टुक्रा एक थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताए ।
पक्राउ परेका उनीहरुले सुनजस्तो देखिने धातु स्याम्पलको रुपमा देखाएर सर्वसाधारण नागरिकलाई झुक्याई झोलामा राखेको इँट्टा बिक्री गर्न खोजेको प्रहरीले जनाएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया