मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिन्छः डब्लूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप, अमेरिका र अष्ट्रेलियामा पुष्टि भएको छ । भाइरसका कारण शरिरमा फोका र ज्वरोलगायतका लक्षण देखिन्छन् ।
अहिलेसम्म १६ देशमा संक्रमण फैलिएको छ र यो अझै बढ्ने अनुमान गरिएको छ । तर, विज्ञहरू ठूलो जनसंख्याको लागि यसको समग्र जोखिम धेरै कम रहेको बताउँछन् ।
मध्ये तथा पश्चिमी अफ्रिकाका दुर्गम क्षेत्रमा यो संक्रमण धेरै देखिएको छ । ‘यो नियन्त्रणयोग्य अवस्था हो’, डब्ल्यूएचओको मारिया भान केरखोभले एक पत्रकार सम्मेलनमा भनिन् ।
‘हामी मानिसबाट मानिसमा सर्नबाट रोक्न चाहन्छौँ ’, युरोप र उत्तरी अमेरिकामा हालै देखिएका केसहरूलाई संकेत गर्दै उनले भनिन् । अफ्रिकाबाहिर १६ देशमा यो भाइरस भेटिएको छ ।
५० वर्षमा अफ्रिका बाहिर सबैभन्दा ठूलो प्रकोप भएता पनि मंकीपक्स मानिसमा सजिलै फैलिँदैन र विज्ञहरूले यसको जोखिम कोभिड भाइरस महामारीसँग तुलना गर्न नसकिने बताएका छन् ।
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया