एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको वडामा बालेन शाह कमजोर
मेरोन्यूज
२०७९ जेठ १० गते १९:३३

काठमाडौं । काठमाडौं महानगर वडा नम्बर २१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
यो वडा पूर्व मेयर विद्यासुन्दर शाक्य र हाल नेकपा एमालेकी उपमेयर उम्मेदवार सुनिता डंगोलको गृह वडा हो । यस वडामा एमालेका वडाध्यक्ष उम्मेदवार चूडामणि बज्राचार्य विजयी भएका हुन् ।
कूल ४ हजार ४१४ मत खसेको यस वडामा बज्राचार्यले दुई हजार १ मत पाएका थिए । यस्तै, उनको प्रतिद्वन्द्वी कांग्रेसका मधुसूदन प्रधानले एक हजार ५१३ मत मात्रै पाए ।
यस वडामा एमालेका मेयरका उम्मेदवार केशव स्थापितले सबैभन्दा बढी भोट पाएका छन् । उनले एक हजार ६७२ मत पाए ।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले एक हजार १८५ भोट पाउँदा स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६९५ भोट मात्रै पाए । यद्यपि, समग्रमा बालेन शाह अगाडि रहेका छन् ।
सम्बन्धित
















काठमाडौँमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान
नयाँ FZ FI New Gen सार्वजनिकसँगै यामाहा ब्लू फेस्टमा मनाइयो इनोभेसनको उत्सव
खाडी नाकाबन्दीले युद्ध झन् चर्किने सङ्केत
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा निर्देशन
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया