नेपालमा टावर चाहिँदैन, उत्पादनमा जोड दिऔँ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो गल्ती लुकाएर अरूलाई दोष दिन नहुने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा बोल्दै उनले आफू पानीमाथिको ओभानो बन्न अरूलाई दोष दिने प्रचलन बढेको बताए ।
यस्तै, उनले केही मुठ्ठीभरि मानिसको हातमा सत्ता जाँदा गरिबी बढ्ने भन्दै नेपालमा पनि सुधार गर्नु पर्नेबेला आएको बताए । ‘हाम्रो देशलाई कसरी सम्मुनत बनाउने भन्नेबारेमा सबैले चासो राख्नु पर्ने छ,’ उनले भने, ‘यसका लागि हाम्रो भूमि कुनै पक्षका लागि प्रयोग गर्न दिनु हुँदैन ।’
उनले नेपाललाई दुई ठूला शक्ति राष्ट्रका बीचबाट कसरी विकास गर्ने भन्नेबारेमा छलफल गर्नु पर्ने अवस्था आएको बताए ।
उनले नेपालमा ठूला टावर आवश्यक नभएको भन्दै देशमा युवाहरूलाई उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने बताए । उनले भने, ‘नेपाललाई ठूलो टावर चाहिँदैन, यहाँ प्राकृतिक रुपमा नै टावर भएकाले युवालाई परिचालन गरी उत्पादनमा जोड दिऔँ ।’


















आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया