नेपालमा टावर चाहिँदैन, उत्पादनमा जोड दिऔँ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो गल्ती लुकाएर अरूलाई दोष दिन नहुने बताए । सरकारले ल्याएको नीति तथा कार्यक्रममा बोल्दै उनले आफू पानीमाथिको ओभानो बन्न अरूलाई दोष दिने प्रचलन बढेको बताए ।
यस्तै, उनले केही मुठ्ठीभरि मानिसको हातमा सत्ता जाँदा गरिबी बढ्ने भन्दै नेपालमा पनि सुधार गर्नु पर्नेबेला आएको बताए । ‘हाम्रो देशलाई कसरी सम्मुनत बनाउने भन्नेबारेमा सबैले चासो राख्नु पर्ने छ,’ उनले भने, ‘यसका लागि हाम्रो भूमि कुनै पक्षका लागि प्रयोग गर्न दिनु हुँदैन ।’
उनले नेपाललाई दुई ठूला शक्ति राष्ट्रका बीचबाट कसरी विकास गर्ने भन्नेबारेमा छलफल गर्नु पर्ने अवस्था आएको बताए ।
उनले नेपालमा ठूला टावर आवश्यक नभएको भन्दै देशमा युवाहरूलाई उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने बताए । उनले भने, ‘नेपाललाई ठूलो टावर चाहिँदैन, यहाँ प्राकृतिक रुपमा नै टावर भएकाले युवालाई परिचालन गरी उत्पादनमा जोड दिऔँ ।’
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया