व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ पत्रकार, एक विज्ञापन एजेन्सीका सञ्चालक पक्राउ
मेरोन्यूज
२०७९ जेठ १३ गते १७:५५

काठमाडौं । व्यापारीलाई धम्काएर ७ करोड माग्ने सात जना पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखाको टोलीले संगठित रूपमा धम्क्याएर रकम माग गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनीहरूले व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ । पक्राउ पर्नेमा एक जना विज्ञापन एजेन्सी सञ्चालक र अन्य टेलिभिजनमा काम गर्ने पत्रकारहरू छन् ।
पक्राउ पर्नेमा पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्त खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् ।
ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ । उनीहरूले संगठित रुपमा ब्ल्याकमेल गरेर रकम असुल्दै आएको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया