व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ पत्रकार, एक विज्ञापन एजेन्सीका सञ्चालक पक्राउ
मेरोन्यूज
२०७९ जेठ १३ गते १७:५५

काठमाडौं । व्यापारीलाई धम्काएर ७ करोड माग्ने सात जना पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखाको टोलीले संगठित रूपमा धम्क्याएर रकम माग गरेको आरोपमा सात जनालाई पक्राउ गरेको हो ।
स्रोतका अनुसार उनीहरूले व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ । पक्राउ पर्नेमा एक जना विज्ञापन एजेन्सी सञ्चालक र अन्य टेलिभिजनमा काम गर्ने पत्रकारहरू छन् ।
पक्राउ पर्नेमा पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्त खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ परेका हुन् ।
ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ । उनीहरूले संगठित रुपमा ब्ल्याकमेल गरेर रकम असुल्दै आएको सूचनाको आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया