राजधानीको कष्टकर यात्रा (फोटोफिचर)

काठमाडौं । देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ ।
यहाँको सडकमा गुड्ने सार्वजनिक यातयातमा अत्याधिक भीड लाग्ने गर्छ । संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन । सार्वजनिक यातयात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन ।
काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन् भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन । त्यसो त सार्वजनिक यात्रा गर्ने यात्रुहरुको सवारीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि सार्वजनिक भइरहेका हुन्छन् । नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ ।
तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातयातले दण्डित हुनुपर्दैन । गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन् । सार्वजनिक यातयातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ । शनिवार र आईतवार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भीड बढेको हो ।
निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो । राजधानीको काठमाडौं टुँडिखेल आसपास बजारको बिस्तार,चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातयात भरिभराउ हुन्छन् ।
राजधानीमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भीड बढ्ने गरेको छ । पछिल्लो समय बस पार्कमा पुगेर आरामले बस चढ्न र गन्तव्यमा जानसक्ने अवस्था छैन ।






























दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया