गुठी संस्थानको अतिक्रमित जग्गा खाली गराइँदै
काठमाडौँ । जनकपुरधाम उपमहानगर २३ स्थित बेलाकुट्टीमा नेपाल गुठी संस्थानको करिब १७ बिघा अतिक्रमित जग्गा खाली गराउन सुरु गरिएको छ । अहिले यहाँ अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन थालिएको छ ।
गुठी संस्थानका पदाधिकारी तथा तत्कालीन जनप्रतिनिधिको मिलोमतोमा विभिन्न व्यक्तिले गुठी संस्थानको जग्गा अतिक्रमण गरी घर टहरा तथा अन्य भौतिक संरचना निर्माण गरिएको भन्दै नवनिर्वाचित जनप्रतिनिधि तथा स्थानीयवासीले हटाउन सुरु गरेका हुन् ।
‘केही भूमाफियाको सहयोगमा विभिन्न व्यक्तिले गुठीको जग्गा अतिक्रमण गरी घरबार तथा पर्खाल लगाएका छन्,’ स्थानीय शंकर मिश्रले भने, ‘बाहिरबाट आएका व्यक्तिले गुठीको जग्गा अतिक्रमण गरेर घर टहरा निर्माण गरेका छन्, हामीले यस विषयमा पटकपटक गुठीका कर्मचारी र तत्कालिन जनप्रतिनिधिलाई भन्दै आए पनि कसैले पनि सुनुवाइ गरेनन् ।’
‘कहिले फाउण्डेशनको नाममा त कहिले व्यक्तिको नाममा जग्गा घेरबार गर्ने काम भयो,’ उनले भने, ‘सरोकारवाला निकायकै मिलोमतोमा जग्गा अतिक्रमण भएको छ, यसमा ठूलो रकमको चलखेल भएको हुन सक्छ ।’
राज्यको सम्पत्ति अतिक्रमणमा पर्दा पनि गुठीका कर्मचारी र तत्कालीन जनप्रतिनिधि चुपचाप बस्नु शंकास्पद भएको उनको भनाइ छ ।
















दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
Legendary singer Asha Bhosle passes away
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
प्रतिक्रिया