गणतन्त्रको अवसरमा प्रचण्डले दिए शुभकामना
मेरोन्यूज
२०७९ जेठ १५ गते ७:१२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्रको अवसरमा शुभकामना दिएका छन् । नेपाली जनताको सदियौँदेखिको संघर्षको परिणामस्वरुप निरंकुश सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको दिनको अवसरमा शुभकामना दिएका हुन् ।
जनयुद्धको आन्दोलनको बलमा गणतन्त्र आएको भन्दै सहिदहरूप्रति श्रद्धाञ्जली दिएका छन् । ‘१० वर्षे महान् जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेस आन्दोलनलगायत आन्दोलनका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने महान् सहिदमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धामा उच्च सम्मान व्यक्त गर्दछु,’ उनले भने ।
उनले गणतन्त्र दिवसको अवसरमा निर्वाचनमा विजयी जनप्रतिनिधि एवं सहभागी सम्पूर्णमा हार्दिक आभारसहित धन्यवाद दिएका छन् ।

सम्बन्धित


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया