माग्दीमा पाठ्यपुस्तक अभाव, विद्यालय जान विद्यार्थीले गरे अस्वीकार

काठमाडौँ । नयाँ शैक्षिक सत्र सुरुको तीन साता बितिसक्दा म्याग्दीका सामुदायिक तथा संस्थागत विद्यालयका पाठ्यपुस्तक अभाव भएको छ । यसबाट पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीले विद्यालय जान अस्वीकार गरेका छन् ।
गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन शुरु भए पनि विद्यार्थीले अझैसम्म पाठ्यपुस्तक पाउनसकेका छैनन् । विद्यालय नियमित सञ्चालन हुँदासमेत पाठ्यपुस्तक आउन नसक्दा विद्यार्थी अन्योलमा परेका हुन् ।
जिल्लाका दुर्गम भेगका विद्यालयमा मात्रै होइन सरदमुकाम बेनी बजारकै प्रकाश माध्यमिक विद्यालय, बालमन्दिर आधारभूत विद्यालयलगायतका विद्यालमा पनि पाठ्यपुस्तकको अभाव भएको छ । किताब नपाउँदा अध्ययनमा समस्या भएको प्रकाश माविका विद्यार्थी रेशम घिमिरेले बताए ।
अहिले नयाँ किताब नआउँदा पुराना किताब साथीसँग मिलेर पढ्नु पर्ने अवस्था आएको सरस्वती आधारभूत विद्यालयको कक्षा ५ मा अध्ययनरत प्रभात किसानले जानकारी दिए ।
जिल्ला सदरमुकामै पढ्ने विद्यार्थीले त पाठ्यपुस्त अहिलेसम्म पाएका छैनन् भने दुर्गमका विद्यार्थीले पाउन सक्ने अवस्था तत्कालै देखिदैन । विद्यार्थीले पाठ्यपुस्तक पाउन नसक्दा दुःखद् भएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक क्षेमबहादुर पुनले बताए । उनले जिल्ला सदरमुकामकै विद्यालयमा अहिलेसम्म पाठ्यपुस्तक आइनसकेको जनाउँदै दुर्गमका गाउँमा झनै पुग्न नसक्ने प्रतिक्रिया दिए ।
नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको अर्जुन माध्यमिक विद्यालय भकुण्डेका शिक्षक रघुनाथ शर्माले बताए । पाठ्यक्रम फेरिएको सामुदायिक विद्यालयको कक्षा ४ र ७ का विद्यार्थीसँग पुस्तक छैन । पाठ्यक्रम यथावत भएका अन्य कक्षाका विद्यार्थीले पुराना पुस्तक पढ्ने गरेका छन् । कक्षा ४ र ७ को पाठ्यक्रम यस वर्षदेखि परिवर्तन भएको छ ।
पाठ्यक्रम नफेरिएका कक्षाका विद्यार्थीलाई पुराना पुस्तक उपलब्ध गराइएको छ । उपल्लो कक्षामा गएका विद्यार्थीलाई यसअघि उनीले प्रयोग गरेको पुस्तक फिर्ता मागेर उपलब्ध गराएका हुन् ।
पुस्तक व्यवसायी तथा वितरकका अनुसार निजी विद्यालयको कक्षा ४, ७ र ९ को पनि पूरा पुस्तक आएको छैन । यसअघिका वर्षमा शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको हात हातमा पुस्तक उपलब्ध गराइँदै आएको थियो ।
म्याग्दीका पुस्तक व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट ल्याएको पुस्तक बेनीमा बिक्री केन्द्र राखेर विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् ।
दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । पुस्तक खरिदका लागि म्याग्दीमा वार्षिक एक करोड १२ लाखभन्दा बढी बजेट खर्च हुन्छ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष लीलाराम गौतमले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कागज अभावले देखाएर पुस्तक छाप्न ढिलाइ गरेको जानकारी दिए ।


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया