बिहीबार, वैशाख १०, २०८३

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले बिजुली नै काटेपछि‍‍…

मेरोन्यूज २०७९ जेठ १५ गते १२:५४

काठमाडौँ । पूर्वी बिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसले बारम्बार बिजुली बन्दको सामना गर्नु पर्‍यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे ।

Advertisement
NiccNicc

बिजुली कम्पनीले कुनै पावर ग्रिडमा खराबी नभएको र छिमेकी गाउँले यस्तै समस्याको सामना नगरेकाले बत्ती काटिएको छ भन्ने कसैलाई थाहा भएन ।

आक्रोशित गाउँलेले बत्ती नआउने समयलाई ध्यान दिन थाले । साँझ परेपछि सधै बत्ती जाने गरेको उनी निष्कर्षमा पुगे । एक दिन बिजुली गएको समयमा गणेशपुरका धेरै बासिन्दाले गाउँको गस्ती नै गरे ।

गस्ती गर्दै जाँदा तिनीहरू गाउँको विद्यालयको आँगनमा पुगे । जहाँ उनीले आफ्नो सम्बन्ध गोप्य राख्न खोजिरहेका प्रेमी र प्रेमिका देखे । ती प्रेमी पेसाले इलेक्ट्रिसियन भएको र आफ्नो सुमधुर प्रेमलाई गोप्य राख्न उनले हरेक दिन साँझ दुई तीन घण्टा विद्युत कटौती गरेका थिए ।

आफ्नी प्रेमिकालाई भेट्न चाहेको बेला पूरै बस्तीको बिजुली काटिदिएको स्वीकार गरेपछि ती टेक्निसियनलाई गाउँलेले कुटपिट गरेर सडकमा परेड गराएका थिए । सौभाग्य उनको कथाले सुखद अन्त्य हुन्छ ।

गोप्य रोमान्सको बारेमा थाहा पाएपछि गाउँका बुढापाकाले उनीलाई विवाह गर्न अनुमति दिएका थिए ।

प्रतिक्रिया