प्रधानसेनापति शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले लेबनान, सिरिया र अमेरिकाको भ्रमण गर्ने भएका छन् ।
आगामी असार ४ गते उनी तीन देशको भ्रमणमा निस्कने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युएन मिसनहरुको विविध पक्षहरु एवं भावी योजनाका बारेमा जानकारी लिने उदेश्यरले प्रधानसेनापतिले लेबनान र सिरियाको भ्रमण गर्न लागेका हुन् ।
लेबनान र सिरियामा राष्ट्रसंघको शान्ति मिसनमा ठूलो संख्यामा नेपाली शान्ति सैनिक खटिएका छन् ।
प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गर्नेछन् । भ्रमणको दौरान, प्रधान सेनापति महारथी शर्मा लगायतका भ्रमण टोलीले उक्त मिशनहरुको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्था लगायत अन्य विविध पक्षहरुका बारेमा जानकारी लिनु भई उक्त राष्ट्र तथा शान्ति मिशनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्नु हुनेछ,’ सेनाको विज्ञप्तिमा उल्लेख छ ।
यस प्रकारको निरीक्षण भ्रमणबाट द्वन्दग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिबृद्धि हुनुको साथै उच्च पदस्थ अधिकारीहरुसँगको भेटघाटबाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।
लेबनान र सिरियाको निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति शर्मा अमेरिका जाने कार्यक्रम रहेको छ । असार १३ देखि १७ गतेसम्म उनले अमेरिकाको भ्रमण गर्नेछन् ।
‘उच्चस्तरीय सैनिक नेतृत्वबाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली सेना र अमेरिकी सेना लगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया