अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यमा सिग्देल निर्वाचित

काठमाडौँ । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्वभरका पत्रकारको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।
ओमानको राजधानी मस्कटमा जारी अन्तर्राष्ट्रिय पत्रकार महासंघको वल्र्ड कंग्रेसमा उनी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित भएको सो भेलामा सहभागी नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।
नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकारको पक्षमा नेपाली प्रेसले खेलेको भूमिकाको मूल्यांकन गर्दै अध्यक्ष सिग्देललाई एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसियाको प्रतिनिधित्व गरी आइएफजेको कार्यकारी समिति सदस्यमा निर्वाचित गरिएको हो ।
आइएफजेको यो तहमा नेपालबाट निर्वाचित हुने युनियनका अध्यक्ष सिग्देल सम्भवतः पहिलो व्यक्ति भएको युनियनका कावा महासचिव भीष्मराज ओझाले बताए ।
प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । श्रमजिवी पत्रकारका हकहित र लोकतन्त्रका लागि योगदान गर्नेलगायत उद्देश्यका साथ युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको हो ।










क्रिकेटप्रेमीको सपनाः एनपिएलको नयाँ अध्याय
ईपीएस भाषा परीक्षा आजदेखि
काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया