डलर अर्बपति सांसद चौधरीले भने : यो बजेट नयाँ दृष्टिकोणको प्रस्थान बिन्दु हो

काठमाडौँ । फोब्र्स पत्रिकामा डलर अर्बपतिको सूचीमा रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले प्रस्तुत गरेको बजेट नयाँ दृष्टिकोण र दृढताको प्रस्थान बिन्दुमा रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद चौधरीले आर्थिक वर्ष २०७९–८० को बजेटलाई नयाँ दृष्टिकोण र नयाँ दृढताको रुपमा चित्रण गरेका हुन् । उनले बजेटले निजी क्षेत्रलाई विकासको इञ्जिनको रुपमा प्रष्टसँग स्वीकारेको बताए ।
‘योपटक अर्थमन्त्री जीले खास गरी निजी क्षेत्रलाई एउटा डेभलपमेन्टको इञ्जिनका रुपमा प्रष्टसँग स्वीकार्नु, मेक इन नेपालजस्ता दुरगामी सोच बोकेको १० वर्षको स्पष्ट औद्योगिक विकासको ढाँचा बोकेको रोडम्यापलाई अंगाल्नु मलाई लाग्छ कि, यो सुधारतर्फको पहिलो महत्वपूर्ण चरण हो,’ उनले भने ।
यस्तै, वैदेशिक लगानीमा १० करोडसम्म डिजिटल पेमेण्टको माध्यमबाट स्वीकृति पाइने व्यवस्था हुनु र स्वरोजगारमा प्रदेशलाई जिम्मेवार बनाइनु राम्रो भएको उनको भनाइ थियो ।

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया