“म प्रधानमन्त्री बन्न योग्य छैन”
मेरोन्यूज
२०७९ जेठ १८ गते १६:४०

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले पछिल्लो समयमा फरक कथाका फिल्ममा अभिनय गरिरहेका छन् । उनी अभिनित ऐतिहासिक फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिजको तयारीमा छ । यी अभिनेता अहिले ‘सम्राट पृथ्वीराज’कै प्रमोसनमा व्यस्त छन् ।
हालै एक कार्यक्रममा अक्षय र निर्देशक डा.चन्द्रप्रकाश द्विवेदी उपस्थित भएका थिए । त्यहीबेला दर्शकदीर्घाबाट कसैले अक्षयलाई ‘तपाईं एकदिनका लागि प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ?’ भनी सोधेका थिए ।
‘मेरो कट–आउट प्रधानमन्त्री बन्न योग्य छैन । म आफ्नै अभिनयको सानो संसारमा खुसी छु । हाम्रो प्रधानमन्त्री धेरै काम गर्नुहुन्छ । म त्यति धेरै काम गर्नसक्छु जस्तो लाग्दैन’, अक्षयले भनेका छन् ।
उनले आफ्ना लागि काम गर्न सक्ने भए पनि पूरा देश सम्हाल्न नसक्ने बताए । ‘फिल्मकै माध्यमबाट धेरै काम गर्न मलाई साथ मिलिरहेको छ’, अक्षयले भने ।
सम्बन्धित










‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’
पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सिमरा प्रदर्शन : संयमता अपनाउन प्रचण्डको आग्रह
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया