ललितपुर यसरी बन्यो जिल्ला समन्वय समिति
जिसस प्रमुखमा कांग्रेसका फुँयाल, उपप्रमुखमा माओवादीका रामलाल

ललितपुर । स्थानीय तहको चुनाव सकेपछि राजनीतिक दलहरु जिल्ला समन्वय समिति गठनको तयारीमा जुटेका छन् । ललितपुर जिल्ला समन्वय समितिमा एकल वर्चश्व रहेको कांग्रेससाग माओवादी केन्द्रको तालमेल भएको छ । कांग्रेस-माओवादी तालमेल भएपछि जिसस निर्वरोध निर्वाचित भएको छ । एमालेले उम्मेदवारी नै दर्ता गराएन ।
बुधबार जिससाका लागि उम्मेदवारी दर्ताको कार्यतालिका राखिएको थियो । कांग्रेस-माओवादी तालमेमेल भएपछि एमालेले उम्मेदवारी नै दर्ता गराएन । कांग्रेसका ऋषिदेव फुयाँल त्यसपछि जिससको प्रमुखमा निर्वरोध निर्वाचित भएका छन्। उपप्रमुखमा भने माओवादीका रामलाल थिङ चयन भएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।
बुधबार भएको उम्मेदवारी दर्तामा अन्य पार्टीबाट उम्मेदवारी नपरेपछि ९ सदस्यीय समिति निर्विरोध चयन भएको हो।
ललितपुरमा ६ पालिका छ। जसको मत १२ हुन्छ । स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धन बनेको थियो।
जिसस खुल्ला सदस्यमा कांग्रेसकै दिनेश घोरासाईने, हरिहर कार्की, अल्प अल्पसंख्यकबाट सुबेर बहादुर पहरी निर्वाचित भए।
यस्तै खुला सदस्यमा माओवादीका साधुराम श्रेष्ठ र महिला सदस्यमा माओवादीकै शोभा महर्जन निर्वाचित भए। महिला सदस्यमा कांग्रेसकी गीता खड्का र शोभा कार्की निर्वाचित भएका छन्।
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सम्पत्ति छानबिन आयोगले सुरु ग-यो काम
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया