चितवन मेडिकल कलेजले गर्यो ४१ दिनको शिशुको मुटुको शल्यक्रिया

चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ। कलेजले गत चैत २५ गते भर्खरे जन्मिएिकी एक बालिकाको मुटुको शल्यक्रिया गरेको हो ।
ति बालिका नारायणी सामुदायिक अस्पतालमा जन्मिएकी थिइन् । ७ महिनामा जन्मिएकी ति बालिकाको तौल एक किलो थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत देखिएपछि उनलाई नारायणी सामुदायी अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो । भरतपुर अस्पतालको एनआइसियुमा लगेर स्वास्थ्य जाँच गर्दा उनको मुटुमा समस्या देखियो ।
मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार नभएको भन्दै चितवन मेडिकल कलेजमा लैजान सुझाए । चितवन मेडिकल कलेजका मुटुशल्य चिकित्सक डा.अनिल आचार्य नेतृत्वमा बालिकाको मुटुको शल्यक्रिया गरेको थियो ।
शल्यक्रिया गर्न करिब ८ घण्टा लागेको थियो । गत जेठ ६ गते एक किलोको बच्चाको सफल शल्यक्रिया भएको छ । कलेजले बालिकाको निःशुल्क शल्यक्रिया गरेको हो । शिशुको मुटुको शल्यक्रिया हुनु भनेको निकै दुर्लभ मानिन्छ ।
चितवनको इच्छाकामना गाउँपालिकाका एक दम्पतिका ४१ दिनकी छोरीको मुटुको शल्यक्रिया गरिएको डा. आर्चायले बताए ।
उनका अनुसार बालिकाको मुटु र फोक्सोको बीचमा भएको नलीमा समस्या देखिएकाे थियाे ।
उनलेभने, ‘ति बच्चा जन्मिएपछि बन्द हुनुपर्नेमा नभएर मुटु ठूलो हुने, फोक्सोमा पानी र संक्रमण देखिएकाे थियाे ।’
डा.आचार्यले अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बालिकालाई पुनः भरतपुर अस्पतालमा पठाइएको बताए ।
भरतपुर अस्पतालको एनआईसीयूमा राखिएको बच्चाको अवस्था अहिले राम्रो हुँदै गएको अस्पतालका एनआईसीयू इन्चार्ज डा.ओम पाठकले जानकारी दिए ।
पाठकका अनुसार अहिलेसम्म बच्चामा संक्रमण नदेखिएको र बच्चाको तौल पनि बढेर १२ सय ग्राम छ । मुटुको शल्यक्रिया गरेपछि ति बालिकाको अहिले तौल पनि बढेको छ भने बट्टाको दुध खाईरहेका छन् । आमाको दुध भने अहिले चुसाइएको छैन् ।
विपन्न नागरिकलाई सरकारले मुटुको उपचारका लागि एक लाख रुपैयाँसम्म निःशुल्क गर्ने गरेको छ ।















श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
25 people held with drugs from different places
फ्रान्समा चार आप्रवासीको मृत्यु
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया