जोनी डेपको मानहानी मुद्दाको फैसलाविरुद्ध एम्बर हर्ड पुनरावेदनमा जाने

काठमाडौं । हलिउड अभिनेता जोनी डेपकोविरुद्ध मानहानी मुद्दामा एम्बर हर्डले पुनरावेदन गर्ने भएकी छन् । उनका वकिल एलेन ब्रेडहोफ्टले अदालतको फैसलाबारे आफ्नो धारणा राख्दै एम्बरले अदालतको फैसलाविरुद्ध अपिल गर्ने चाहना राखेको खुलाएकी छन् ।
वकिल एलेनले अपिलका लागि एम्बरसँग केही उत्कृष्ट आधार रहेको दाबी गरेकी छन् । ‘यो अदालतमा कैयौं कुराको अनुमति दिइएको थियो, जुन विषयलाई यसअघि कहीँ पनि अनुमति दिइएको थिएन । जसकारण जुरी भ्रमित हुन पुगे । मलाई उनलाई यूकेको फैसलाको बारेमा कुरा गर्न अनुमति थिएन’, एलेनले भनेकी छन् ।
सन् २०१८ मा एम्बरले जोनीविरुद्ध द वासिङटनमा एक लेख छपाएर आफूमाथि जोनीले घरेलु हिंसा गर्ने गरेको आरोप लगाएकी थिइन् । यो लेख छापिएपछि जोनीले हर्डविरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् ।
यो मुद्दाका विषयमा करिब ६ हप्तासम्म सुनुवाइ चल्यो । आफूमाथि जोनीले घरेलु हिंसा, कुटपिट, यौनहिंसा गर्ने लगायतका आरोपसहित उजुरी दिएकी थिइन् । जोनीले पनि एम्बरमाथि घरायसी हिंसाको आरोप लगाएका थिए ।
अदालतले बिहीबार जोनीको पक्षमा फैसला सुनाउदै एम्बरलाई डेपलाई मुआब्जाका रुपमा १४ मिलियन डलर पैसा बुझाउन आदेश दिएको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया