सोमबार, चैत ९, २०८२

नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो

मेरोन्यूज २०७९ जेठ २४ गते ७:२५

काठमाडौं । स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे ।

Advertisement
nepal life insurencenepal life insurence

यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत्रीपूर्ण खेल खेलेका हुन् । यसअघि पहिलो मैत्रीपूर्ण खेलमा जापानले अर्को दक्षिण अमेरिकी प्रतिद्वन्दी पाराग्वेमाथि ४–१ को सहज जित निकालेको थियो ।

ब्राजिलले पनि पहिलो खेलमा एसियाली राष्ट्र दक्षिण कोरियालाई ५–१ ले पराजित गरेको थियो ।

जापानले हालसम्म ब्राजिललाई हराउन सकेको छैन । यी दुई टिमबीच भएको पछिल्लो १३ खेलमा ब्राजिलले ११ खेलमा जित निकाल्दा दुई खेल बराबरीमा सकिएको थियो

प्रतिक्रिया