मोहम्मदबारे भाजपा नेताले गरेको टिप्पणी मोदीलाई महंगो साबित

नयाँ दिल्ली । सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्येपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ ।
इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप्पणीलाई लिएर भारत विरुद्ध आधिकारिक विरोध जनाएका छन् । ती देशले टिप्पणीलाई ‘अपमानजनक’ भनेका छन् ।
ती देशहरूले पैगम्बर मुहम्मदको अपमानको निन्दा गर्दै सरकारले माफी माग्नुपर्ने माग गरेका छन् ।
१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा शर्माले मुस्लिम पूजा र पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् । उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए ।
यसैबीच, विपक्षी दलहरूले दुई भाजपा नेताविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा देशको छवि बिगारेको उनीहरूले आरोप लगाएका छन् ।
खाडी देशमा विरोध चर्किएपछि भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक ट्वीट र टिप्पणीले ‘कुनै पनि हिसाबले सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने’ जनाएको छ ।
यसैबीच, विवादास्पद टिप्पणी गरेको भन्दै भाजपाले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन र नवीन जिन्दललाई निष्कासन गरेको छ ।
















वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
इरान र अमेरिकाबीच शुक्रबार ओमानमा वार्ता हुने
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
प्रतिक्रिया