बर्दिया घटनाबारे गृहमन्त्री खाणले भने – गृहको आदेश बिना प्रहरीले गोली चलायो, कारवाही गर्छौँ
मेरोन्यूज
२०७९ जेठ २४ गते १३:००

काठमाडौं । गृहमन्त्री वालकृष्ण खाणले बर्दियाको मधुवन सोनामा प्रहरीको गोलीबाट मारिएकी नविना थारुको घटनाबारे प्रतिनिधि सभा बैठकमा जानकारी गराएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उनले सीडीओको आदेशबिना प्रहरीले गोली चलाउँदा चौधरीको मृत्यु भएको बताउँदै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाए ।
सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै खाणले दोषीलाई कारवाही गर्नका र घटनाको सत्यतथ्य छानविनका लागि गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति बनाएको जानकारी गराए ।
घिमिरेको नेतृत्वमा प्रहरी उपरिक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका गिरिराज पाण्डे लगायत ५ जनाको छानविन समिति बनाइएको छ ।
सम्बन्धित


















आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया