प्रचण्ड निवासमा पुगे एकीकृत समाजवादीका मन्त्रीहरू, छलफलका विषय गोप्य राखियो

काठमाडौं । तत्काल सरकारको मन्त्रीमा थमौतीमा परे पनि आफ्नै पार्टी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मन्त्री फेर्ने कुरा निरन्तर दोहोर्याइरहेका छन् ।
अध्यक्ष नेपालको कुरासँगै एकीकृत समाजवादीका मन्त्रीहरूको दौडधुप रोकिएको छैन । एकीकृत समाजवादीका मन्त्रीहरूले आज पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामूहिक रुपमा भेट गरेका छन् ।
यसअघि जेठ २२ गते एकीकृत समाजवादीले आफ्ना मन्त्री फेर्ने निर्णय गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ बन्ने मन्त्रीहरूको नाम लिष्ट बुझाएको थियो । तर, पार्टीको उक्त निर्णय असान्र्दभिक समयमा आएको भन्दै अहिले मन्त्री फेर्न नहुने लविङमा समाजवादीका मन्त्रीहरू लगेका थिए ।
समाजवादीले पर्यटनमा प्रेम आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा किसन श्रेष्ठ र स्वास्थ्यमा विरोध खतिवडालाई मन्त्री बनाएको थियो । उनीहरूलाई झिकेर नयाँ सेट एकीकृत समाजवादीले पठाउन चाहेको थियो । तर, एकीकृृत समाजवादीकै मन्त्रीहरू पार्टी निर्णयअनुसार फिर्ता हुनेभन्दा पद थमौतीमा लागेपछि निर्णय गर्न माधव नेपाल अप्ठ्यारोमा परेका थिए ।
गत २२ गते पार्टीले निर्णय गरेकै दिन उनीहरूले सत्ता गठबनधन दलका एक प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास पुगेर थमौतीका लागि लविङ गरेका थिए ।
भोलिपल्ट एकीकृत समाजवादीका मन्त्रीहरूले बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । यस क्रममा अहिले सरकार हेरफेर गर्दा बजेट पारित गराउन समस्या आउने र त्यसले सरकारको भविष्यसमेत खतरामा पर्ने बताएपछि देउवा मन्त्री फेर्ने माधव नेपालको प्रस्तावबाट पछि हटेका थिए ।
त्यसपछि गठबन्धन बैठकमा बजेटपछि अलिक छलफल गरेर निर्णयमा पुगिने भनेर माधव नेपालको मन्त्री फेर्ने प्रस्ताव यतास्थितिमा राखिएको थियो । तर, अध्यक्ष नेपालले निरन्तर पार्टीका मन्त्रीलाई धन्यवाद दिँदै नयाँ सेट नै जाने बताएपछि उनीहरू सामूहिक रुपमा गठबन्धन दलका नेताहरूसँगको भेटघाटमा लागेका हुन् ।
उनीहरू दोहोर्याएर प्रचण्डसँग भेट गरेका हुन् । प्रचण्डलाई भेट्न पर्यटन मन्त्री आले, श्रम मन्त्री श्रेष्ठ, सहरी विकास मन्त्री झाँकी र स्वास्थ्य मन्त्री खतिवडा दिउँसो खुमलटार पुगेका थिए । प्रचण्डसँग एकीकृत समाजवादीका मन्त्रीहरूले झण्डै एक घण्टा छलफल गरेका थिए । छलफलका विषयमा दुवै पक्षले केही खुलाएका छैनन् ।
तर, आजै एकीकृत समाजवादीका अध्यक्ष नेपालले आफ्नो पार्टीले निर्णय लिँदा गठबन्धनकै अन्य दलमा भूकम्प गएको बताएका थिए । एकीकृत समाजवादीका विद्यार्थी संगठनका अध्यक्षले भने मन्त्रीहरू प्रचण्ड र देउवाकहाँ पुगेर मन्त्री जोगाइदिन लविङ गरिरहेको बताएका थिए ।
















काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया