दोर्दी खोलाको आईपीओ आजदेखि खुला, जेठ ३१ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । दोर्दी खोला कम्पनीले दोस्रो पटक सर्वसाधारणका लागि साधारण सेयर विक्रीमा ल्याएको छ । प्रति सेयर १०० अंकित दरका २१ करोड ९५ लाख ५० हजार ९०० रुपैयाँ मूल्यको २१ लाख ९५ हजार ५०९ कित्ता साधारण बिक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट अवितरित २ लाख ९७ हजार ८४० कित्तासहित सो सङ्ख्याको आईपीओ बिक्री खुला गरेको जनाएको छ ।
कम्पनीले निष्कासन गर्ने कुल आईपीओमध्ये पाँच प्रतिशत अर्थात् १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषका इकाइहरूलाई तथा तीन प्रतिशत अर्थात् ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरेको छ ।
बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले जेठ ३१ गतेसम्म ‘मेरो सेयर’को मोबाइल एप तथा वेबसाइट, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था रहेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
















८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
वर्षमानको नाममा नक्कली चुनावी घोषणापत्र : निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
मध्य नाइजेरियामा लुटेराहरूको आक्रमणमा १०० भन्दा बढीको मृत्यु
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
राष्ट्रपति पौडेलद्वारा जापानी व्यापारिक समुदायलाई नेपालमा लगानीका लागि आह्वान
प्रतिक्रिया