प्रदेश १ को नामाकरणमा प्रतिपक्षी दल एमालेद्वारा समिति गठन

काठमाडौँ । प्रदेश १ को नामाकरण को विषयमा छलफल गर्न नेकपा एमालेले पाँच सदस्यीय समिति बनाएको छ । बिहीबार बसेको एमालेको प्रदेश १ संसदीय दलको बैठकले पाँच सदस्यीय समिति बनाएको हो ।
यसअघि गत फागुनमा मुख्यमन्त्री राजेन्द्र राईले नामकरणका लागि छलफल र समन्वय गर्न तत्कालिन सामाजिक विकास मन्त्री (हाल स्वास्थ्य मन्त्री) जयराम यादवको नेतृत्वमा समिति गठन गरेका थिए ।
पूर्व मन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको हो । समितिको सदस्यहरूमा पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे र उषाकला राई, पूर्व उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत र प्रदेश सांसद अर्जुन राई रहेका छन् ।
केही दिनअघि मुख्यमन्त्री राजेन्द्र राईले सार्वजनिक कार्यक्रममा ठूलो दल भएकाले एमालेलाई नामका लागि छलफलको नेतृत्व लिन आग्रह गरेका थिए ।
९० जना सांसद रहेको प्रदेश १ मा एमाले ठूलो दल हो । एमालेले निष्क्रिय रहे प्रदेशको नाम राख्न बहुमत पुग्दैन ।
उक्त प्रदेशमा नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादी पार्टीका १०, जसपाका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ जना सांसद छन् ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया