बराबरी मत आएपछि जिसस कपिलवस्तुको नेतृत्व गोलाप्रथाबाट चुनियो

चन्द्रौता । कपिलवस्तुको जिल्ला समन्वय समितिको चुनावमा उम्मेदवारका वीचमै बराबरी मत आउपछि नेतृत्व चयन गोलाप्रथाबाट चयन गरिएको छ । बराबरी भए गोलाबाट चयन गर्ने ब्यबवस्था कानुनमै छ ।
शुक्रबार भएको निर्वाचनमा जिसस प्रमुख पदमा उम्मेदवारी दिएका दुबै उम्मेदवारको मत बराबर आएपछि गोला थुतेर निर्वाचित गरिएको हो ।
१० वटा स्थानीय तह रहेको कपिलवस्तुमा सत्तारूढ गठबन्धनबाट कांग्रेसका ज्ञान बहादुर कार्की र एमालेका बाबुराम आचार्यले प्रमुखमा उम्मेदवारी दिएका थिए। मतदानमा दुबै जनाको १०/१० मत आएपछि गोला तान्दा एमालेका आचार्य निर्वाचित भएका हुन्। एमालेलाई लोकतान्त्रिक समाजवादी पार्टी र राप्रपाको समर्थन रहेको थियो।
त्यस्तै, उपप्रमुखमा पनि एमाले लोसपा राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन्। कुर्मी लोसपाका हुन्। कुर्मीले ११ मत ल्याएका छन्। सत्तारूढ गठबन्धनबाट जसपाका वीरेन्द्र प्रताप गडेरियाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए।
समितिका ७ जना सदस्य पनि गोला तानेर निर्वाचित भएका छन्। जसअनुसार नेपाली कांग्रेसका सुनिता चमार, मनोहर धुनिया, माओवादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन्।
यसैगरी, एमालेकी सकुन्तला भण्डारी, सुमित्रा दमै र जसपाकी सन्ध्या पौडेल खाँ पनि सदस्यमा निर्वाचित भएका हुन्। सदस्यहरूमा पनि सबैको १०/१० मत आएपछि गोलाप्रथाबाट निर्वाचित गरिएको हो।
कपिलवस्तुमा सत्तारूढ गठबन्धनसँग ११ मत र एमाले गठबन्धनमा ९ मत रहेको थियो।


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया