गायक सिद्धुको हत्यापछि अभिनेता सलमान खानलाई मार्ने धम्की, यस्तो छ कारण

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई मार्ने धम्कीपूर्ण पत्र पठाइएको छ । भारतकै गायक, गीतकार तथा अभिनेता सिद्धु मुसेवालाको गोली हानी हत्या गरेको केही हप्तापछि सलमान खानलाई यस्तो धम्की आएको हो ।
सलमानलाई मार्ने धम्कीपूर्ण पत्र प्राप्त भएपछि मुम्बई क्राइम ब्राञ्चले ठूलो खुलासा गरेको छ । ब्राञ्चका कर्मचारी लरेन्सका नजिकको सहयोगी सौरभ महाकालसँग सोधपुछ गर्न पुणे पुगेको थियो ।
सोधपुछका क्रममा उनले सलमान खानलाई यो पत्र ग्याङ्स्टर लरेन्स बिश्नोईको तर्फबाट पठाइएको बताए । घटनाको खुलासा भएपछि प्रहरीको ६ टोली देशका विभिन्न भागमा गएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार मुम्बई प्रहरीले सलमान खान र उनका बुबा सलिम खानलाई धम्कीपूर्ण पत्र लेखेको जेलमा रहेका ग्याङ्स्टर लरेन्स नै भएको बताएको छ । लरेन्सको गिरोहका तीन जना राजस्थानको जालोरबाट मुम्बईमा चिठी छोड्न आएका थिए । पत्र छोडेपछि तीनै जनाले अभियुक्त सौरभ महाकाललाई पनि भेटेका थिए ।
प्रहरीका अनुसार सौरभले यो चिठी गोल्डी ब्रारमार्फत सलिम खानलाई पुर्याएको बताएका थिए । मुम्बई प्रहरीले थप भनेको छ कि अपराध शाखाले पत्र पठाउने व्यक्तिको पहिचान गरेको छ । उनीसँग सम्बन्धित केही सुराक फेला परेका छन् । छिट्टै उनीहरू पक्राउ पर्ने छन् ।
कालो हरिण र सलमान
कालो हरिण शिकार प्रकरणमा लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने षड्यन्त्र रचेको आरोप लागेको थियो । बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएको समाचार जनाइएको छ ।
जोधपुरमा मार्ने योजना
सन् २०१८ मा लरेन्स बिश्नोईले अदालत बाहिर जोधपुरमा सलमान खानलाई मार्ने बताएका थिए । त्यसबेला उनले भनेका थिए, ‘मैले अहिलेसम्म केही गरेको छैन, तर जब मैले सलमान खानलाई मार्ने छु, तब थाहा पाउने छु, अहिले म अनावश्यक कुरामा तानिएको छु ।’
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया