गायक सिद्धुको हत्यापछि अभिनेता सलमान खानलाई मार्ने धम्की, यस्तो छ कारण

काठमाडौँ । भारतीय अभिनेता सलमान खानलाई मार्ने धम्कीपूर्ण पत्र पठाइएको छ । भारतकै गायक, गीतकार तथा अभिनेता सिद्धु मुसेवालाको गोली हानी हत्या गरेको केही हप्तापछि सलमान खानलाई यस्तो धम्की आएको हो ।
सलमानलाई मार्ने धम्कीपूर्ण पत्र प्राप्त भएपछि मुम्बई क्राइम ब्राञ्चले ठूलो खुलासा गरेको छ । ब्राञ्चका कर्मचारी लरेन्सका नजिकको सहयोगी सौरभ महाकालसँग सोधपुछ गर्न पुणे पुगेको थियो ।
सोधपुछका क्रममा उनले सलमान खानलाई यो पत्र ग्याङ्स्टर लरेन्स बिश्नोईको तर्फबाट पठाइएको बताए । घटनाको खुलासा भएपछि प्रहरीको ६ टोली देशका विभिन्न भागमा गएको छ ।
भारतीय समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार मुम्बई प्रहरीले सलमान खान र उनका बुबा सलिम खानलाई धम्कीपूर्ण पत्र लेखेको जेलमा रहेका ग्याङ्स्टर लरेन्स नै भएको बताएको छ । लरेन्सको गिरोहका तीन जना राजस्थानको जालोरबाट मुम्बईमा चिठी छोड्न आएका थिए । पत्र छोडेपछि तीनै जनाले अभियुक्त सौरभ महाकाललाई पनि भेटेका थिए ।
प्रहरीका अनुसार सौरभले यो चिठी गोल्डी ब्रारमार्फत सलिम खानलाई पुर्याएको बताएका थिए । मुम्बई प्रहरीले थप भनेको छ कि अपराध शाखाले पत्र पठाउने व्यक्तिको पहिचान गरेको छ । उनीसँग सम्बन्धित केही सुराक फेला परेका छन् । छिट्टै उनीहरू पक्राउ पर्ने छन् ।
कालो हरिण र सलमान
कालो हरिण शिकार प्रकरणमा लरेन्स बिश्नोईले सलमान खानलाई मार्ने षड्यन्त्र रचेको आरोप लागेको थियो । बिश्नोई समुदायले कालो हरिणलाई पवित्र मान्ने भएकाले त्यसको शिकार गरेको आरोपमा लरेन्सले सलमान खानलाई मार्ने धम्की दिएको समाचार जनाइएको छ ।
जोधपुरमा मार्ने योजना
सन् २०१८ मा लरेन्स बिश्नोईले अदालत बाहिर जोधपुरमा सलमान खानलाई मार्ने बताएका थिए । त्यसबेला उनले भनेका थिए, ‘मैले अहिलेसम्म केही गरेको छैन, तर जब मैले सलमान खानलाई मार्ने छु, तब थाहा पाउने छु, अहिले म अनावश्यक कुरामा तानिएको छु ।’









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
प्रतिक्रिया