प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे प्रष्ट पार्न माधव नेपालको माग
मेरोन्यूज
२०७९ जेठ ३० गते १७:००

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका विषयमा जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।
सोमबार बसेको समितिको बैठकमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे स्पष्ट जानकारी दिनु पर्ने बताएका थिए । देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका भ्रमण हुन लागेकाले यसबारे सदन र सांसदलाई जानकारी दिनु पर्ने नेता नेपालको भनाइ थियो ।
नेपालसहितका सांसदहरूले प्रधानमन्त्रीको अमेरिकाबारे चासो राखेपछि समितिले यसबारे जानकारी लिन प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय गरेको हो ।
देशको असंलग्न परराष्ट्र नीति कार्यान्वयनको विषयमा छलफल गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाउने समितिले निर्णय गरेको हो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया