गायिका इन्दिरा जोशीले जेठ ३१ मा विवाह गर्ने
मेरोन्यूज
२०७९ जेठ ३० गते १७:४६

काठमाडौं । गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग जेठ ३१ गते विवाह गर्न लागेकी हुन् । गायिका जोशीले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै विवाह गर्न लागेको जानकारी दिएकी हुन् ।
‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले विवाह गर्ने निर्णय गरेका छौं । यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु । यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ,’ इन्दिराले सामाजिक सञ्जालमा राखेको बिहेको कार्डमा उल्लेख छ ।
करिब दुई वर्षदेखि सम्बन्धमा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया