एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा, सभामुखको ध्यानाकर्षणपछि संसद जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले नीतिगत भ्रष्टाचारमा संलग्न भएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमालेले अर्थमन्त्री शर्माको राजीनामा मागेको हो ।
बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठको मध्यराति अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको भन्दै अर्थमन्त्री शर्माको राजीनामा मागिएको हो ।
मंगलबार बैठकको सुरुमै एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माले पदमा बस्न नैतिक हिसाबले नमिल्ने र यसबारे प्रधानमन्त्रीले समेत जवाफ दिनुपर्ने बताए ।
‘यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ रु प्रधाानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन रु मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन,’ पाण्डेले बैठकमा भने ।
यसबारे सोमबारको बैठकमा समेत एमालेले प्रश्न उठाए पनि जवाफ नआएको भन्दै पाण्डेले अब जवाफ नआएसम्म सदन कामकारबाही अगाडि नबढाउन सभामुखलाई आग्रह गरे ।
सभामुख अग्निप्रसाद सापकोटाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताए । सोही क्रममा एमाले प्रमुख सचेतक विशाल भट्टराईले पनि अर्थमन्त्री शर्माको राजीनामा र प्रधानमन्त्रीको जवाफ माग्दै मन्त्रालयगत विषयमा भएको छलफलमा उठेका प्रश्नको अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट हटाउन माग गरे ।
अर्थमन्त्री शर्माले जवाफ दिने कार्यसूचीबाट नहटाएसम्म बैठक चल्न नसक्ने भट्टराईले बताइरहँदा एमालेका सांसद उठेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यानाकर्षण भएको र सुनुवाइ हुने आश्वासन दिएपछि अहिले प्रतिनिधिसभाको बैठक चलिरहेको छ
















भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया