कर्णालीमा पहिलो पटक ८ दिने चलचित्र कार्यशाला हुँदै

सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक चलचित्र कार्यशाला हुने भएको छ । चलचित्र बोर्डको सहयोग र केबी इन्टरटेनमेन्ट एण्ड ग्रुप प्रालिको आयोजनामा यही असार १० देखि १७ गतेसम्म सुर्खेतमा चलचित्र कार्यशाला हुन लागेको हो ।
प्रालिले मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर चलचित्र कार्यशाला आयोजनाबारे जानकारी दिएको छ ।
कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता र जनजीवनको कथालाई चलचित्रमा ल्याउनसँगै दक्ष चलचित्रकर्मी उत्पादन गर्ने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको ग्रुपका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिए ।
उनका अनुसार कार्यशाला एक हप्तासम्म सञ्चालन हुनेछ । कार्यशालामा कर्णालीका दश जिल्लाबाट चलचित्र क्षेत्रमा रुचि भएका दुईरदुई जनालाई सहभागी गराइने उनले जानकारी दिए ।
कार्यशालामा सहभागी हुन भने दुई हजार पाँच सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिएर प्रि–प्रोडक्सन, प्रोडक्सन, पोस्ट प्रोडक्सनअन्तर्गत चलचित्र अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायाङ्कन, सम्पादन र अभिनयलगायत विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
सहभागीहरूलाई चलचित्रकर्मीहरू शिवम् अधिकारी, दयाराम दाहाल, नीर शाहलगायतले प्रशिक्षण दिनेछन् । चलचित्र छायाङ्कनको सम्भावना रहे पनि हालसम्म कर्णालीलाई समेट्न नसकिएले अध्यक्ष खड्का बताउँछन् ।
गीतकार तथा संगीतकार हरि विष्टले चलचित्र क्षेत्रमा कर्णालीबाट दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले कार्यशालाबाट उत्पादन भएका एक जनालाई रोजगारको समेत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया