स्वास्थ्य सेवाबाट अवकाश हुने भएमा पनि अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट हट्नु नपर्ने

काठमाडौं । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) (०७९ मा नयाँ व्यवस्था कायम गरेको हो ।
जसअनुसार अब स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा पनि कार्यकारी निर्देशकमा बहाल रहने बाधा हुनेछैन ।
सरकारले गठनादेश दफा ६ (३) मा क थपेर ‘कार्यकारी निर्देशक पदमा नियुक्त भएका चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा समेत कार्यकारी निर्देशकको पदमा बहाल रहिरहन बाधा पर्नेछैन’ कायम गरेको हो ।
मानव अंग प्रत्यारोपणसम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका चिकित्सकलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने गरिन्छ । तर, स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा कार्यकारी निर्देशकबाट हट्ने व्यवस्था रहेकामा सरकारले नयाँ व्यवस्था कायम गरेको हो ।
कार्यकारी निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया