शुक्रबार, माघ २३, २०८२

एसपीपीबारे जवाफ दिन प्रधानमन्त्री देउवालाई निर्देशन, सरकारसँग कागजपत्र माग

मेरोन्यूज २०७९ असार ३ गते १५:११

काठमाडौँ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवासँग जवाफ मागेको छ । अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे भएको गतिविधिबारे समितिले प्रधानमन्त्रीसँग जवाफ मागेको हो ।

यसै समितिले सरकारसँग एसपीपीसम्बन्धित सबै कागज पत्र माग गरेको छ । समितिले आज बिहान बैठक राखेर सरकार र सेनासँग छलफल गरेको थियो ।

बैठकमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मालगायतसँग एसपीपीबारे छलफल गरिएको थियो ।

आज बिहान भएको छलफलपछि समितिले यससँग सम्बन्धित सम्पूर्ण कागज पत्र उपलब्ध गराउन सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देशन गरेको हो ।

समितिले प्रधानमन्त्री देउवालाई अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका प्रश्नहरूको जवाफ दिन आगामी बैठकमा बोलाएको छ । अर्को बैठक आगामी आइतबार बस्ने भएको छ ।

प्रतिक्रिया