दुई महिनाको अवधिमा बेलायती प्रधानमन्त्रीको दोस्रो युक्रेन भ्रमण

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् ।
जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा देख्न पाउँदा खुसी लाग्यो’, उनले भने ।
राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारिक ट्विटर खातामा लेखे ।
रुसी आक्रमणको झण्डै चार महिनापछि युरोपेली संघका सबैभन्दा शक्तिशाली राष्ट्र प्रमुखहरूले युरोपेली संघको सदस्यताका लागि युक्रेनको प्रयासलाई स्वीकार गरेको भोलिपल्ट प्रधानमन्त्री जोनसनले भ्रमण गरेका हुन् ।
राजधानीको उपनगरबाट रुसी सेनालाई फिर्ता गरेको दुई हप्तापछि अप्रिल ९ मा कीभ भ्रमण गर्ने जोनसन जी ७ देशको पहिलो नेता हुन् ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया