लमजुङ जिल्ला अस्पताल व्यवस्थापनको सम्झौता खारेजी गर्ने प्रदेश सरकारको तयारी

लमजुङ । गण्डकी प्रदेश सरकारले लमजुङ जिल्ला अस्पताल व्यवस्थापनका लागि मानव विकास तथा सामुदायिक सेवा ९एचडिसिएस० सँग गरेको सम्झौता खारेजी गर्ने तयारी गरेको छ ।
दुई दशक अघिदेखि अस्पताल व्यवस्थापन गर्दै आएको एचडिसिएससँगको सम्झौता खारेज गरी प्रदेश सरकार आँफैले सञ्चालन गर्ने तयारी गरेको हो ।
२०५८ सालमा तत्कालिन नेपाल सरकारसँग सम्झौता गरी जिल्ला अस्पताल लमजुङको व्यवस्थापन एचडिसिएसले गर्दै आएको थियो । संघीयता कार्यन्वयनसँगै प्रदेश सरकारको माताहतमा आएको सो अस्पताल व्यवस्थापनको जिम्मा एचडिसिएसलेनै लिनेगरी २०७७ कार्तिकमा थप पाँच वर्षका लागि नयाँ सम्झौता भएको थियो ।
सम्झौता अवधी नसकिदै हाल एचडिसिएस सँगको सम्झौता खारेज गरी प्रदेश सरकार आँफैले सञ्चालन गर्ने तयारी गरेको हो । प्रदेश सरकारले जिल्ला अस्पताल सञ्चालनार्थ आगामी आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरेको छ ।
नयाँ आर्थिक वर्ष शुरुभएसँगै आगामी श्रावण महिनादेखि जिल्ला अस्पतालको सवै व्यवस्थापन प्रदेश सरकारले हेर्ने गण्डकी प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्री मधु अधिकारीका निजी सचिव शम्भु चापागाईले बताए ।
सम्झौता अवधी सकिन बाँकी रहेपनि तीन महिना पहिले जानकारी गराई सम्झौता खारेज गर्नसक्ने प्रावधान भएकोले सोहि अनुसार गर्न लागिएको चापागाईको भनाई छ ।
अस्पतालसँगको सम्झौता खारेज गर्न स्वास्थ्य तथा जनसँख्या मन्त्री मधु अधिकारीले पहिलेदेखिनै दवाव दिँदै आएको सम्वन्धीत विभागले जनाएका छन् । स्वास्थ्य मन्त्रीको प्रस्तावमा सम्वन्धीत विभाग र गण्डकी प्रदेशका मुख्यमन्त्री समेत सकरात्मक भएका थिएनन् । तर आगामी आर्थिक वर्षका लागि अस्पताल सञ्चालनार्थ बजेट समेत विनियोजन भएकोले अव सम्झौता खारेज हुने सम्भावना बढेको हो । यद्यपी अस्पताल सञ्चालनका विषयमा कुनै आधिकारिक पत्र वा जानकारी नआएको अस्पताल प्रशासनले जनाएको छ ।
नेपाल सरकारको स्वामित्वमा १५ शैयामा रहेको जिल्ला अस्पताल २०५८ सालमा मानव बिकास तथा सामूदायिक सेवा (एचडीसिएस)ले ब्यवस्थापन जिम्मा लिई सामूदायिक अस्पतालको रुपमा सञ्चालन गरेको थियो । प्रदेश सरकारको माताहतमा आएपछि पनि नयाँ सम्झौता भई सो अस्पतालको व्यवस्थापन जिम्मा एचडिसिएसलेनै लिएको थियो । ६२ शैया क्षमता रहेको सो अस्पतालले लमजुङ लगायत वरपरका छिमेकी जिल्लाहरु तनहूँ, गोरखा र मनाङका बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
मानव बिकास तथा सामुदायिक सेवाले पुराना भवनहरुको मर्मत तथा आवश्यक थप भबनहरु निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।
यस अस्पतालले आफ्नो सेवालाई समान रुपमा पहुँच बिहिन समूदायसम्म पुयाउने लक्ष्य राखेको छ ।
नाजुक अवस्थामा रहेको अस्पताललाई विदेशी दातृ निकाय डि।एच।एम जर्मनीको आर्थिक सहयोगमा भवनको पुर्ननिर्माण तथा उपकरणको ब्यबस्थापन गरिएको थियो । तत्कालिन समयमा जर्मनी दातृ निकायको १६ करोड लगानीमा अस्पतालको पुर्ननिर्माण भएको थियो ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया