शनिबार, माघ २४, २०८२

यी हुन् काठमाडौंमा शौचालय सार्वजनिक प्रयोग गर्न दिने ३५ संस्था (सूचीसहित)

मेरोन्यूज २०७९ असार ७ गते १६:५०

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र व्यापार व्यवसाय गरिरहेका ३५ वटा संस्थाले आफ्नो शौचालय सार्वजनिक प्रयोगका लागि दिने भएका छन् ।

सर्वसाधारण नागरिकलाई शौचालय प्रयोग गर्न दिन इच्छुक ३५ वटा संस्थाहरुसँग काठमाडौं महानगरपालिकाले सोमबार सम्झौता गरेको छ । बैंक, रेष्टुरेन्ट, स्कूल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सम्झौता भएको हो ।

महानगरपालिकाका मेयर बालेन साह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपाने र ती संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन् । सम्झौता आउँदो ५ वर्षका लागि हो ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मुल्यांकन गर्न दुवै पक्षबाट १र१ जना प्रतिनिधि तोक्ने काठमाडौं महानगरले जनाएको छ उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिने काठमाडौं महानगरपालिकाले जानकारी दिएको हो ।

सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको मेयर बालेन साहले जानकारी दिए ।

सम्झौता गरिएका संघ संस्थाहरू

१) टायम्स स्क्वायर, लङ् एण्ड बार, बालुवाटार

२) पशुपति भ्यु होटल एण्ड रेस्टुरेन्ट, बालकुमारी टोल

३) डेन्टल भिल्ला, वडा नं. १४, बल्खु

४) देवयानी इन्टरनेशनल नेपाल प्रा. लि. अन्तर्गत

क) पिजा हट, वडा नं. १ दरबारमार्ग

ख) केएफसी, वडा नं. १ दरबारमार्ग

ग) केएफसी, वडा नं. ६ बौद्ध

५) डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, बसन्तपुर

६) होटल रत्नज्योती, पेरिसडाँडा

७) नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रा. लि, शंखमुल

८) खानेकुरा प्रा. लि., गौशाला

९) सांग्रिला डिभलपमेन्ट बैङ्क, बालुवाटार

१०) बेबिलोन नेशनल स्कुल, शान्तिनगर

११) ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार

१२) नेपालय पब्लिकेसन, डिल्लीबजार

१३) बसुन्धरा एण्ड गोङ्गबु एरिया रेस्टुरेन्ट, बसुन्धरा

१४) गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल

१५) घराना लञ्च एण्ड बार, बानेश्वर

१६) कामना सेवा विकास बैङ्क, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड,

१७) सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी

१८) नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रा. लि., पुतलीसडक

१९) आरडीएक्स बार प्रा. लि. ठमेल

२०) नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट

२१) कार्निभल रेष्ट्रो एण्ड मिटिङ्, बिजुलीबजार

२२) बार्दली रेष्ट्रो एण्ड मिटिङ्, शंखमुल

२२) नेशनल बिजनेस ट्रेड सेन्टर, कलंकी

२३) सांग्रिला डिपलपमेन्ट बैङ्क, बालुवाटार

२४) बिन्का लङ्, छाउनी

२५) प्रोग्रेसियो विस्ट्रो पिबीज रेस्टुरेन्ट, बौद्ध

२६) मिलाल्याण्ड डिभलपमेन्ट प्रा. लि., कलंकी

२७) क्रिम्पजी एडभान्चर हव, बौद्ध

२८) बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार

२९) अनुपम फुडल्याण्ड, बत्तीसपुतली

३०) रिट्रिप क्याफे, बौद्ध

३१) चिकेन स्टेशन

३२) स्तुपा हब, बौद्ध

प्रतिक्रिया