सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च

काठमाडौं । सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए ।
उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको समस्या देखिएको जानकारी दिँदै उपचार तथा परामर्शका लागि भेरी अस्पताल आउने थारु समुदायको सङ्ख्या धेरै भएको बताए । भेरी अस्पतालमा मात्र ८९४ बिरामी नियमितरूपमा जाँच तथा परामर्शका लागि आउने गरेको बताइएको छ । बाँकेको कोहलपुर नगरपालिका, राप्ती सोनारी र बैजनाथ गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको सङ्ख्या धेरै भएको उनले उल्लेख गरे । राप्ती सोनारी गाउँपालिका–४ मा ३७३ को सिकलसेल परीक्षण गर्दा १७ प्रतिशत अर्थात् ६३ मा सिकलसेल पुष्टि भएको उनले बताए ।
उनले सिकलसेल रोगको निदान गर्न सचेतना, परामर्श तथा बच्चा जन्मिने वित्तिकै परीक्षण गर्नुपर्ने औँल्याए । “नवजात शिशुलाई दादुरा खोपसँगै सिकलसेल एनिमिया रोगको पनि परीक्षण अनिवार्य गरिनुपर्छ”, डा पाण्डेले भने । उनले थारु समुदायका सर्वसाधारणमा सिकलसेल समस्या बढी देखिए पनि अन्य जातजातिका बिरामीमा पनि यो रोग देखिएको बताए । “विशेषगरी थारु समुदायमा यो रोगको समस्या छ, तर अन्य जातजातिका बिरामी पनि फाटफुट फेला परेका छन्”, उनले भने । पछिल्लो समय थारु समुदायमा थाल्सेमियाको समस्या पनि देखिएको छ ।
















Protected: यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया