कन्दरा ब्यान्डको व्यवस्थापन ‘नेपग्याज्म लाइभ इभेन्ट’ ले गर्ने
मेरोन्यूज
२०७९ असार ८ गते १४:३०

काठमाडौं । सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्मलाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यावयसायिक सम्झौता भएको छ।
७ असारमा भएको सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्मलाइभ इभेन्ट (एनएलई) ले गर्ने गायक विवेक श्रेष्ठले बताए।
‘सन् २०१६ देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं। संगीत पूर्णरुपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्मलाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि हामीबीच सहकार्य भएको हो,’ उनले भने ।
उनका अनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ।
सम्बन्धित
















इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया