आजदेखि ५ देखि ११ वर्ष मुनिका बालबालिकालाई कोभिडविरुद्धको फाइजर-बायोएनटेक खोप

काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक नामक खोप दिदैछ ।
सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकाmलाई विद्यालयमै खोप दिइन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।
खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने इपिडिमियोलोजी तथ रोग नियन्त्रण महाशाखाका निर्देशक विवेक लालले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।
‘खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिदैमा आत्तिन हुँदैन’, उनले भने, ‘एक सयदेखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’
यी जिल्लामा सञ्चालन हुदैछ खोप कार्यक्रम
आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्ला झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।
त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।
बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया