अन्तिम खेलमा अष्ट्रेलियाको जित
मेरोन्यूज
२०७९ असार ११ गते ८:४८

काठमाडौं । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय खेलमा अष्ट्रेलियाले चार विकेटको जित निकालेको छ । कोलम्बोमा शुक्रबार रातिको खेलसँगै घरेलु टोली श्रीलंकाले पाँच खेलको शृंखलामा अष्ट्रेलियालाई ३-२ ले हरायो ।
श्रीलंकाले दिएको १६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाका एलेक्स केरीले सर्वाधिक ४५ रन जोडे । यस्तै, मार्नुस ३१ रनको योगदान गरे । श्रीलंकाका दिनुथले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा सबै विकेट गुमाउँदै १६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले सर्वाधिक ७५ रन बनाए । कुशल मेन्डीसले २६ रनको योगदान गरे ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया