नेपालका दुई नेतासँग संवादः चिढिएको चीनको मन पग्लिएकै हो त ?

काठमाडौं । नेपालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णयसँगै चिनले नेपालका वाम नेताहरुसँग भिडियो संवाद गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षसँग संवाद गरेको हो । केही दिन अघि एसपीपी अघि नबढाउने निर्णयको चीनले प्रशंशा गरेको थियो ।
अमेरिकी सैनिक सहयोग परियोजना अन्र्तगत आएको एसपीपीमा विवाद भएपछि नेपालले त्यसलाई अस्वीकार गरेको थियो । नेपाल सरकारले सो कार्यक्रम अस्वीकार भएको पत्र लेख्ने निर्णय गरेको भएपनि अहिलेसम्म पत्रचार भएको छैन । सोही विषयलाई लिएर चीन सरकारले स्वागत गरेको बारेमा नेपालका कुटनीतिज्ञहरुले कुनै प्रतिक्रिया दिएका छैनन । एसपीपी अस्वीकार गरेको लगत्तै चिनिया अधिकारीहरुले नेपाली कम्युनिष्ट नेताहरुसँग अनौपचारिक कुराकानी गर्दै आएका थिए ।
खासगरी उनीहरुले दोस्रो तहका नेताहरुसँग कुराकानी हुँदै आएको थियो । उनीहरुसँग कुराकानी गरेसँगै विहिबार र शुक्रबार नेपालमा दुई ठूला पार्टीका अध्यक्षसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले कुराकानी गरेका छन् । उनले भिडियो कुराकानी गरेका हुन् । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शुक्रबार भिडिओ कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को विदेश विभागले आफ्नो वेबसाइटमा राखेपछि सो कुरा बाहिर आएको हो । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले यसबारे मुख खोलेका छैनन ।
नेपालका लागि चिनिया राजदूत हाउ यान्छी तीन महिने विदामा चीनमै रहेका बेला सिपीसीले ओली र प्रचण्डसँग कुराकानी गरेको हो । ‘चिनको चाहान नेपालमा वामगठबन्धन होस भन्ने छ त्यसकै सेरोफेरोमा बसेर कुराकानी भएको हो’, सीपीसीको वेभसाइडमा उल्लेख छ । भिडिओ वार्तापछि दुई पार्टीबीच आदानप्रदान र सहयोगसम्बन्धी समझदारीपत्र (एमओयु) मा हस्ताक्षर पनि भएको सिपिसीले जनाएको छ । भिडिओ वार्तामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री चेन झोउले पनि सहभागी थिए ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसीलाई) नेपालको संसदबाट अनुमोदन गरेपछि चिढिएको चिनले नेपालका वामहरुलाई एक ठाउँमा ल्याउने कोसिस गरिरहेको छ । जसका कारण उनीहरुले दुई ठूला कम्युनिष्ट पार्टीका नेताहरुलाई भिडियो वार्ता गरेका थिए ।
सिपिसीका महासचिव समेत रहेका चिनियाँ राष्ट्रपति सि चिनफिङको सन् २०१९ मा सम्पन्न नेपाल भ्रमणको प्रसंग निकाल्दै नेता लिउले उक्त ऐतिहासिक यात्रापछि दुई देशबीचको सम्बन्ध विकास र समृद्धिको लागि रणनीतिक साझेदारीमा स्तरोन्नति भएको बताएका थिए । उनले सीको भ्रमणपछि द्विपक्षीय सम्बन्ध द्रूत विकासको नयाँ युगमा प्रवेश गरेको समेत बताएका थिए । ‘चीन र नेपालका शीर्ष तहमा भएका महत्वपूर्ण सहमती कार्यान्वयन गर्न, राजनीतिक आपसी विश्वासलाई गहिरो बनाउन, ठूला परियोजना सक्रिय रूपमा अघि बढाउन र ‘बेल्ट एण्ड रोड’ अवधारणाअन्तर्गत विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य अघि बढाउन चीन नेपालसँग काम गर्न इच्छुक छ’ भिडिओ कुराकानीमा लिउले भने । त्यस क्रममा उनले दुईदेशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको पनि बताए ।
चिनियाँ नेता लिउले चिनियाँ कम्युनिष्ट पार्टी, माओवादी केन्द्र र एमालेका विचार र भावना समान रहेको बताएका बताउँदै दुवै पार्टीसँगको आदानप्रदानलाई थप सुदृढ गर्न तथा जनस्तरको सम्पर्क बढाउन चाहेको बताएको सिपिसीले उल्लेख गरेको छ । ‘हामी छिमेकी मुलुक एक अर्काको मुख्य चासोको सम्मान गर्नुपर्छ। यहाँहरूले दुई देशबीचको स्वस्थ र स्थिर विकासलाई प्रबर्धन गर्न भूमिका खेल्नुहुनेछ भन्ने विश्वास छ’ लिउले भनेका थिए । निकट भविष्यमा हुन लागेको चिनियाँ कम्युनिस्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनले चीनको विकासको खाका तयार गर्नुका साथै नेपाल–चीन सम्बन्धको विकासमा नयाँ गति दिने लिउले बताएका थिए ।
सिपीसीको वेभसाइटमा उल्लेख अनुसार भिडिओ वार्तामा दाहाल र ओलीले नेपाल र चीनबीचको मित्रता चिरस्थायी रहेको बताएका थिए । त्यक्रममा दुवै नेताले चिनियाँ कम्युनिष्ट पार्टीसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिने बताउँदै कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नेपाली भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने प्रतिवद्धता जनाएका थिए ।
गत ६ जेठमा काठमाडौं आएकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जावलाखेल र स्वयम्भूस्थित तिब्बती शरणार्थी क्याम्प र बौद्धस्थित एक तिब्बती गुम्बाको भ्रमण गरेपछि चिनिया पक्ष नेपाल सरकारसँग निकै शसंकित भएको थियो । अमेरिकी विदेश संयोजक रहेकी जियाको यो भ्रमण सरकारको अनुमतिविना नै भएको थियो अर्थात् सरकारले भ्रमणको कार्यसूची सार्वजनिक नै गरेको थिएन । जियालाई तिब्बती शरणार्थी क्याम्पमा भ्रमणका लागि औपचारिक स्वीकृति दिँदा चीन रिसाउने र उनलाई रोक्दा अमेरिका रिसाउने चिन्ता सरकारलाई थियो । त्यही अप्ठ्यारोका कारण भ्रमण तालिका नै सार्वजनिक नगरी सरकारले मध्यमार्गी बाटो रोजेको तथ्य चिनलाई समेत थाह थियो ।
एक दशकपछि अमेरिकाबाट नेपालमा भएको यस्तो उच्चस्तरीय भ्रमणको कार्यसूची सार्वजनिक नहुनुमा तिब्बती शरणार्थी मामिला नै प्रमुख कारण थियो । चीनले उक्त भ्रमणलाई लिएर असन्तुष्टि जनाइरहँदा सरकारी अधिकारी त्यस्तो शरणार्थी क्याम्पमा भएको भ्रमणको जानकारी नभएको भनेर पन्छिने प्रयासमा गर्यो । तर, प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी ओलीलगायत नेताहरूले यो विषयलाई लिएर सरकारको परराष्ट्रनीतिमाथि संसदमै प्रश्न उठाएपछि तिब्बती शरणार्थीको मामिलालाई लिएर सरकार विवादमा तानिएको थियो । जसका कारण चिनीया कम्युनिष्ट पार्टी एमालेसँग नजिक भएको थियो भने माओवादीलाई सत्ता गठबन्धनबाट बाहिर ल्याउने कोसिसमा रहेका बेला उनीहरुबीच कुराकानी भएको एक नेताको दावी छ ।
तिब्बती शरणार्थीको मामिलामा अमेरिका–चीनको टकरावले भूराजनीतिक भूमरीमा नेपाल परेको थियो । झन्डै ६ दशकदेखि नेपालले यो टकराव झेल्दै आएको भएपनि एससीसी र एसपीसी जस्ता कार्यक्रमले झन विवादमा तानिएको थियो । पछिल्लो एक वर्षयता अमेरिकाले यस विषयलाई प्राथमिकतामा उठाएपछि नेपालमा दुई शक्तिराष्ट्रको टकराव बढेको आभाष हुन थालेको थियो ।
शुक्रबार भएको भिडियो वार्तामा ‘चिनियाँ कम्युनिष्ट पार्टीको शताब्दी लामो सङ्घर्षका मुख्य उपलब्धि र ऐतिहासिक अनुभवले नेपाली राजनीतिक पार्टीका लागि महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ’, सो वेभसाइडमा उल्लेख गरिएको छ । ओली र प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीसँग ‘बेल्ट एण्ड रोड’ अवधारणाको संयुक्त निर्माण लगायत क्षेत्रमा सहयोग सुदृढ गर्न र दीर्घकालीन सम्बन्ध विकास गर्न आफूहरु इच्छुक रहेको बताएको सिपिसीले आफ्नो वेभसाइटमा उल्लेख गरेको छ । ‘हामी नेपाल–चीन सम्बन्धको स्थिर विकास चाहन्छौं। हामी चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको पूर्ण सफलताको अपेक्षा र कामना गर्दछौं’ ओली र प्रचण्डको भनाई उद्यृत गर्दै सीपीसीले आफ्नो वेभसाइडमा राखेको छ ।
नेपालस्थित तिब्बती शरणार्थीको विषयलाई लिएर अमेरिका र चीनबीच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप चल्दै आएपछि यो विषयमा नेपाल मौन रहेको थियो । नेपालले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएपनि गत जेठ ६ गतेपछि चिन निकै शसंकित बनेको थियो । सरकारसँग चिढिएको चिनीया पक्षले मुलकका दुई ठूला कम्युनिष्ट पार्टीका अध्यक्षसँग कुराकानी गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया