नवनियुक्त मन्त्रीहरूको सपथ आज

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले आज सपथ लिदैछन् । आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरूको सपथ हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिईन ।
पुनर्गठित मन्त्रिमण्डलमा पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको थियो।
समाजवादीले गत जेठ २२ मै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो। बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद पुर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो।
यसअघि समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले आइतबार नै पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए।
















यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया