रौतहटको बृन्दाबन नगरपालिकामा प्रहरीको बलमा नगरसभा, जर्वजस्त घोषणा गरियो बजेट
रौतहट । यो तस्विर रौतहटको बृन्दाबन नगरपालिकाको नगरसभा बन्दशत्रको हो । नगरको आगामी आर्थिक बर्षको राजस्व र ब्ययको अनुमान (वजेट) पेश गर्ने कार्यसूचीसहित नगरसभा असार ११ गते बोलाइएको थियो ।
तर नगरपालिकामा बहुमत रहेको नेकपा एकीकृत समाजवादीले नगरसभामा रहेका अन्य दललाई पेलेरै जाने योजनाका साथ जर्वजस्त बजेट पेश गर्ने निति लिएपछि उक्त नगरपालिकामा लफडा निम्तेको छ ।
लफडाकै बीच अन्तत नगरपालिकाका मेयर विनोद प्रसाद कुर्मी र उपप्रमुख संगीताकुमारी रामले प्रहरी प्रशासन लगाएरै बजेट पारित गरेको घोषणा गरेका छन् ।
यी दुवै नेकपा एकीकृत समाजवादीका निर्वाचित जनप्रतिनिधी हुन् । बहुमतको दम्भमा नेकपा एकीकृत समाजवादीले नगरसभामा रहेका माओवादी केन्द्र र एमालेलाई पाखा लगाएरै बजेट पारित भएको जर्वजस्ती घोषणा गरेका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ तथा अन्तर सरकार वित्त ब्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा ३ ले गाँउ कार्यपालिका र नगर कार्यकालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आर्थिक बर्षको राजस्व र ब्ययको अनुमान सम्वन्धित गाँउ ÷नगरसभामा पेश गर्नुपर्ने प्रावधान छ ।
त्यसरी आर्थिक वर्षको राजस्व र ब्यायको अनुमान प्रस्तुत गर्दा शीर्षक छुटटाएर बजेट बनाउनु पर्ने हुन्छ । तर बृन्दाबन नगरपालिकाका मेयर उपमेयरले बजेटमा कुनै पनि शीर्षक नछुटाई सोलोडोलो एकमुष्ट बजेट घोषणा गरेपछि माओवादी केन्द्र र एमालेका जनप्रतिनिधीले विरोध जनाएका थिए ।
यो नगरपालिकामा कांग्रेस निल छ । माओवादी केन्द्रसँग १५, एमालेसँग ५ र एकीकृत समाजवादी एक्लैसँग २७ जनप्रतिनिधी नगरसभामा छन् ।
आफुसँग भएको त्यही वहुमतको बलमा एकीकृत समाजवादीले नगरसभामा बजेट प्रस्तुत गर्दा शीर्षक अनुसारको बजेट नछुटाई सोलोडोलो एकमुष्टमा घोषणा गरेका थिए ।
नगरसभा वाहिर स्थानीय जनताले पनि एकीकृत समाजवादीका जनप्रतिनिधीको यो शैलीको विरोध गरेका थिए । नगरसभाभित्र एमाले माओवादीका जनप्रतिनिधीको विरोध भईरहेकै थियो । तर स्थानीयको बाहिरी विरोध र माओवादी र एमाले जनप्रतिनिधीको नगरसभाभित्रको विरोधका वीचमा एक्काशी नगरसभाभित्र प्रहरी बोलाइयो ।
त्यसपछि चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयबाट नगरसभामा पुगेका डिएसपी सन्तु जैसवालले नगरसभा बैठकभित्र बल प्रयोग गरे । विरोधमा रहेका जनप्रतिनिधीलाई छेकबार लगाउने र एकीकृत समाजवादीका जनप्रतिनिधीलाई हस्ताक्षरमा सघाउने काम गरे । त्यसपछि नगरसभाबाट बजेट पारित भएको घोषणा गरिएको थियो ।
जर्वजस्ती नगरसभाबाट आफुखुसी बजेट घोषणा गरेपछि जनप्रतिनिधीका वीचमा झनै टसल बढने देखिएको छ ।
















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया